पथरी (मोरङ), ९ चैत । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री महेश आचार्यले नयाँ संविधानको कार्यान्वयनका लागि सबै दल एक भएर लाग्नुपर्नेमा जोड दिनुभएको छ ।
नेपाली काँग्रेस विराटनगर वडा नं २ ले आज आयोजना गरेको होली पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै नेता आचार्यले नयाँ संविधान कार्यान्वयन गराउन सबैलाई आग्रह गर्नुभयो । उहाँले सबैखाले द्वन्द्व समाधानका लागि काँग्रेसले अग्रसरता लिनुपर्ने बताउनुभयो ।
अर्काे एक फरक प्रसङ्गमा नेता आचार्यले इन्धन आपूर्ति अझै प्रभावकारी नभएको बताउँदै सरकार महँगी र कालोबजारी अन्त्य गर्न असफल भएको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो– “महँगी र कालोबजारीले जनतालाई समस्या बनाएको छ ।” जनतालाई राहत दिन र कालोबजारीजस्ता समस्या हल गर्न काँग्रेस अग्रसर हुनुपर्नेमा उहाँको जोड थियो । रासस
No comments:
Post a Comment