Sunday, March 27, 2016

वर्तमान सरकारमै काँग्रेसलाई सहभागी गराइने प्रयास

भक्तपुर, १४ चैत । नेकपा (एमाले)का पोलिटब्युरो सदस्य परशुराममेघी गुरुङले वर्तमान सरकारमै काँग्रेसलाई सहभागी गराएर संविधान कार्यान्वयनलाई सफल बनाउन प्रयास भइरहेको बताउनुभएको छ ।

एमाले चाँगुनारायण नगर कमिटीको आयोजनामा भक्तपुरको नगरकोटमा भएको एकदिने कार्यकर्ता प्रशिक्षण कार्यक्रममा उहाँले उहाँले सबै दल मिलेर अगाडि बढे मात्रै सहज रुपमा संविधान कार्यान्वयन हुने छ भन्नुभयो ।

अर्का पोलिटब्युरो सदस्य डा विजय पौडेलले विपक्षीले सरकार ढाल्ने चर्चा चलाए पनि तत्काल नढल्ने बताउनुभयो । सांसद केदार सञ्जेलले सरकार ढाल्ने चर्चा चलाउनुभन्दा दलहरु मिलेर संविधान कार्यान्वयनको बाटामा अगाडि बढ्नुपर्ने समय आएको बताउनुभयो । एमाले चाँगु नगर कमिटी अध्यक्ष रमेश बुढाथोकीको सभापतित्वमा सम्पन्न कार्यक्रममा सचिव रामेश्वर थापा लगायतले पार्टी एक ढिक्का भएर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts