Sunday, March 27, 2016

माटोको ढिस्काले पुरिएर मृत्यु

मुस्ताङ, १४ चैत । स्थानीय कुन्जोमा शनिबार माटाको ढिस्कामा पुरिएर एक जनाको ज्यान गएको छ ।

घरको छानामा राख्ने माटो खन्ने क्रममा ढिस्कामा पुरिएर कुञ्जो गाविस–८ छैयाकी ३५ वर्षीया सन्तमाया विकको घटनास्थलमा नै मृत्यु भएको र दुई जना घाइते भएको लेते प्रहरी चौकीले जनाएको छ ।

घाइते हुनेमा स्थानीयवासी १९ वर्षीया सुस्मी विक र २० वर्षीय अजय छन्त्याल घाइते भएको लेते प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक कृष्णबहादुर कार्कीले जानकारी दिनुभयो । घाइतेलाई लेते प्राथमिक स्वास्थ्य केन्द्रमा प्राथमिक उपचारपछि पोखरा पठाइएको केन्द्रका चिकित्सक सीताराम कार्कीले बताउनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts