Saturday, March 12, 2016

गन्धर्व समुदायका महिलाको गु्नासो

गुलरिया (बर्दिया), २९ फागुन । बर्दियाको सोरहवा गाविस–५ गन्धर्व टोलका ४३ र सानोश्री ताराताल नगरपालिकामा ५० घरपरिवारले अहिले आफ्नै अस्तित्व जोगाउन सङ्घर्ष गरिरहेका छन् ।

गन्धर्व टोलकी ३७ वर्षीया सुनिता गन्धर्वले पञ्चायतकालदेखि अहिलेसम्म आफूहरुलाई मनोरञ्जनका पात्र मात्र बनाइएको गुनासो गर्नुभयो । गन्धर्व परिवारलाई राज्यले संरक्षण गर्नुपर्ने उहाँको माग छ । गाउँ समाजमा दुःख र वेदना गीत गाउँदै÷सुनाउँदै जीविकोपार्जन गर्ने उनीहरु राजनीाितक दल, सरकारी निकाय तथा सङ्घसंस्थाबाट उपेक्षित छन् ।

सानोश्री ताराताल नगरपालिका–७ बस्ने रीता गन्धर्वको पनि वेदना पनि उस्तै छ । उनले उहाँका अनुसार गन्धर्व समुदाय विश्वका एक अर्ब २० करोड जनता जस्तै भोकमरी र कुपोषणको चपेटामा छन् ।

गन्धर्व समुदायका व्यक्तिहरुले भोकमरी समस्यासँग जुभ्mन खाद्य अधिकारसम्बन्धी जनचेतना तथा क्षमता अभिवृद्धि तालिमसमेत गर्न नपाएको रीता बताउनुहुन्छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts