Wednesday, March 16, 2016

तीस प्रतिशत काम सम्पन्न

बाबियाचौर (म्याग्दी), ३ चैत । जिल्लाको बाबियाचौर–८ मा दुई वर्षअघि सुरु भएको रणवाङ सिँचाइ आयोजना निर्माण सम्पन्न हुनुपर्ने समयमा तीस प्रतिशत काम मात्र सम्पन्न भएको छ ।

ठेकेदारको ढिलासुस्ती र लापरबाहीका कारण आयोजना काममा ढिलाइ भएको हो । विसं २०७२ असारमा सम्पन्न गर्ने लक्ष्यसहित २०७१ वैशाखदेखि निर्माणको काम सुरु भएको हो । उक्त आयोजनाको हालसम्मको भौतिक तथा आर्थिक प्रगति करिब ३० प्रतिशत मात्र भएको सिँचाइ विकास सब डिजिभन कार्यालयका प्रमुख रमेशराज शर्माले जानकारी दिनुभयो ।

चितवनको ईको विल्डर्सले रु ८९ लाख २५ हजारमा आयोजना निर्माण गर्ने ठेक्का लिएको थियो । सम्झौता गरेको कम्पनीले दोस्रो व्यक्तिलाई जिम्मा लगाएको र ढिलासुस्ती भएका कारण आयोजना समयमै सम्पन्न हुन नसकेको शर्माको भनाइ छ । “आगामी असारसम्मका लागि पुनः म्याद थपिएको छ” उहाँले भन्नुभयो ।

अनुगमन र ठेकेदारलाई ताकेता गरेर आगामी असारसम्म आयोजना सम्पन्न गर्न पहल भइरहेको छ । उक्त आयोजना सम्पन्न भएमा बाबियाचौरको रणवाङ क्षेत्रको ५५ हेक्टर जमिनमा सिँचाइ सुविधा पुग्ने छ । आयोजनाअन्तर्गत एक हजार ३०० मिटर पक्की नहरलगायतका संरचना निर्माण गरिने छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts