Sunday, March 13, 2016

मधेसको समस्या समाधान गर्न दल केन्द्रित हुनुपर्छ : गच्छदार

पथरी (मोरङ), ३० फागुन । उपप्रधानमन्त्री विजयकुमार गच्छदारले तराई–मधेसको समस्या समाधान गर्नेतर्फ दल केन्द्रित हुनुपर्नेमा जोड दिनुभएको छ ।

आज विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उपप्रधानमन्त्री गच्छदारले प्रदेश सीमाङ्कनको विषयलाई टुङ्ग्याउन नेपाली काँग्रेस, नेकपा (एमाले) तथा एकीकृत नेकपा (माओवादी) बीच सहमति आवश्यक रहेको बताउनुभयो ।

आन्दोलन तथा बन्द हड्तालले समस्याको समाधान नहुने बताउँदै मधेसी मोर्चालाई जनताको भावनालाई बुझेर सहमतिमा आउन गच्छदारले आग्रह गर्नुभयो ।

उपप्रधानमन्त्री गच्छदारले स्थानीय निकायको निर्वाचन, संविधान कार्यान्वयन तथा भूकम्पपछिको पुनःनिर्माण कार्य सम्पन्न नभएसम्म सरकार परिवर्तन नहुने पनि स्पष्ट पार्नुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts