Monday, March 14, 2016

विकासका काम अघि बढाउन एमाओवादी अध्यक्षको जोड

लहान, १ चैत्र । पूर्वप्रधानमन्त्री तथा एकीकृत नेकपा९माओवादी०का अध्यक्ष पुष्पकमल दाहालले जनताले अनुभूत गर्ने गरी विकासका काम अगाडि बढाउनुपर्ने बताउनुभएको छ ।

सिरहाको बन्दीपुरस्थित कमला पूर्वी नहर प्रणालीको माइनर नं १ को नहर विस्तार तथा सुदृढीकरण कार्यक्रमको आज शिलान्यास गर्दै उहाँले जनस्तरमा सहयोग पुग्ने विकासमा ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “जनतालाई अनुभूति नहुने विकासको कुनै अर्थ छैन ।” सरकारी एवम् स्थानीय तहबाट विकासका कार्यक्रमलाई शीघ्र सञ्चालन गर्नुपर्नेमा जोड दिँदै अध्यक्ष दाहालले नहर प्रणालीको विकासपछि जनताले सिँचाइ सुविधा उपभोग गर्ने विश्वास व्यक्त गर्नुभयो ।

सो अवसरमा सिँचाइमन्त्री उमेशकुमार यादवले करिब रु दुुई करोड ५७ लाखको लागतमा सम्पन्न हुुने सो नहर विस्तार तथा सुुदृढीकरणको काम आगामी जेठ मसान्तभित्र सम्पन्न हुने बताउनुभयो ।

सात किमी लम्बाइको सो नहरबाट कमला नदीको पानीबाट पूर्वी सिरहाको बडहरामाल, कालान्जर र भेरियालगायत गासिवका करिब ५०० हेक्टर जमिनमा सिँचाइ सुविधा पुग्ने बताइएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts