Thursday, March 24, 2016

बार निर्वाचन अवधिभर बन्द, हडताल नगर्न आग्रह

काठमाडौँ, ११ चैत । नेपाल बार एसोसिएसन केन्द्रीय कार्यसमितिको यही चैत २० गते हुन लागेको निर्वाचन अवधिभर बन्द, हडताल नगरी सहयोग गर्न निर्वाचन समितिले राजनीतिक दल, सङ्घसंस्था सबैलाई आग्रह गरेको छ ।

आज यहाँ आयोजित पत्रकार सम्मेलनमा निर्वाचन अवधिभर बन्द, हडताल नगर्न सबै राजनीतिक दल र सङ्घसंस्थालाई समितिका प्रमुख निर्वाचन अधिकृत हरिशङ्कर निरौलाले आग्रह गर्नुभयो ।

पदाधिकारीसहित २५ जनाको नयाँ कार्यसमितिका लागि ७१ जनाको उम्मेदवारी परेको छ । नौ हजार ५२२ मतदाता सङ्ख्या छ । देशभर ३३ वटा निर्वाचन केन्द्र तोकिएको छ ।

मतदान बिहान ८ः०० देखि ४ः०० बजेसम्म हुने निर्वाचनमा मतदाताहरुले नेपाल कानुन व्यवसायी परिषद्ले जारी गरेको परिचयपत्र वा कानुन व्यवसायी प्रमाणपत्र वा नागरिकताको प्रमाणपत्रको सक्कल नै अनिवार्य रुपमा लिएर आउनुपर्नेछ ।

निर्वाचनमा अध्यक्षमा चारजनाको उम्मेदवारी परेको छ । त्यस्तै, उपाध्यक्षमा पूर्वाञ्चलबाट एक पदका लागि दुई, मध्यमाञ्चलबाट (काठमाडौँ उपत्यका बाहिर) एक पदका लागि दुई, मध्यमाञ्चलबाट (काठमाडौँ उपत्यकाभित्र) एक पदका लागि चार, पश्चिमाञ्चलमा एक पदका लागि तीन, मध्यपश्चिमाञ्चलमा एक पदका लागि दुई, सुदूरपश्चिममा एक पदका लागि दुई, खुल्ला एक (महिला) मा दुईजनाको उम्मेदवारी परेको छ ।

त्यसैगरी, एक महासचिव पदका लागि छजना, एक कोषाध्यक्षका लागि चारजनाको उम्मेदवारी परेको छ ।

जम्मा नौ हजार ५२२ मतदातामध्ये काठमाडौँमा पाँच हजार ८६२ मत रहेको छ । उम्मेदवारहरु देशव्यापी रुपमा प्रचारप्रसारमा जुटिरहेका छन् ।

बारको निर्वाचन यसअघि पुसको २५ गते हुने भनिएकामा मधेस–तराईको आन्दोलनका कारणले गर्दा ढिलाइ भएको हो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts