Thursday, March 24, 2016

‘निभ्दै गरेको मैनबत्ती’ क्विन्स वल्र्ड फिल्म फेस्टिबलमा पुरस्कृत

नुवाकोट, ११ चैत । डा नरेशकुमार केसीले निर्देशन गरेको चलचित्र अमेरिकाको प्रतिष्ठित ‘क्विन्स वल्र्ड फिल्म फेस्टिबल’मा पुरस्कृत भएको छ ।
विदुर नगरपालिका वडा नं. ६ इनारपाटीमा जन्मिनुभएका डा केसीले निर्देशन गरेको ‘डाइङ क्यान्डल’(निभ्दै गरेको मैनबत्ती) चलचित्रले सिनेमाटोग्राफी विधामा पुरस्कार जितेको हो । महोत्सवको छैटाँैं संस्करणमा रवीन आचार्य र दीपङ्कर सिग्देलले पुरस्कार हात पार्नुभएको हो ।
निर्देशक केसीले चलचित्रले दिदीभाइबीचको आत्मीयतालाई अभिव्यक्त गरेको छ । पश्चिमा समाजमा बाबुआमादेखि प्रेमीपे्रमिका र साथी र शिक्षकसम्म प्रेम पोख्ने विशेष निश्चित दिन भए पनि दिदीभाइ वा दाजुबीचको प्रेम दर्साउने खास त्यस्तो दिन नभएको तर हामीकहाँ भाइटीका रहेको बताउनुभयो ।
चलचित्र रसुवाको गत्लाङमा छाया¬ङ्कन गरिएको हो । गत्लाङका बालकलाकार लाक्पा सिंगी तामाङ तथा सिर्जना सुब्वा, अर्पणा थापा, सौगात मल्ल र विद्या कार्कीको त्यसमा मुख्य भूमिका रहेको र नेपालमा अर्को वर्ष असारमा प्रदर्शनमा आउने निर्देशक केसीले बताउनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts