Friday, March 11, 2016

बायोमेट्रिक प्रणाली लागू गर्न खोजेकामा आपत्ति

काठमाडौँ, २८ फागुन । नेपाल स्वास्थ्य सेवा व्यवसायी महासङ्घका पदाधिकारीले महासङ्घले सरकारले दिएको निर्देशनलाई अटेर गर्दै बायोमेट्रिक प्रणाली लागू गर्न खोजेको भन्दै महासङ्घको जिम्मेवारीबाट अलग भएको घोषणा गरेको छ ।

आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उनीहरुले महासङ्घले बितेको १० वर्षमा रु एक अर्ब बराबरको आर्थिक घोटाला गरेको आरोप महासङ्घका वरिष्ठ उपाध्यक्ष सीताराम रेग्मीले लगाउनुभयो ।

उहाँले बायोमेट्रिक प्रणाली सेना र प्रहरीमा मात्र लागू गर्न मिल्ने बताउँदै असान्दर्भिकरुपमा महासङ्घमा पनि यो प्रणाली भित्र्याउने कसरत गरिएकाले आफूसहित चारजनाले राजीनामा दिएको जानकारी दिनुभयो ।

उपाध्यक्ष रेग्मीले महासङ्घले आर्थिक हिनामिना गर्ने उद्देश्यले ८४ वटा स्वास्थ्य संस्थालाई नवीकरण नगरेको र उनीहरुबाट रु तीन लाखका दरले रकम असुल्ने गरेको जानकारी दिनुभयो ।

महासङ्घबाट राजीनामा दिने अन्य पदाधिकारीमा केन्द्रीय सदस्य रामहरि थापा, पृथ्वी खड्का र बीना बानियाँ अधिकारी हुनुहुन्छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts