काठमाडौँ, १४ चैत । जनावरले टोकेपछि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा रेविजको खोप लगाउन आउने बिरामी बढेका छन् ।
दैनिक सयभन्दा बढी नयाँ बिरामी खोपका लागि आउने गरेको अस्पताल सिनियर अहेब रेणुका आचार्यले बताउनुभयो । उहाँका अनुसार नयाँ पुराना गरी खोपका लागि दैनिक २०० भन्दा बढी बिरामी टेकु अस्पताल आउने गरेका छन् ।
रेविजविरुद्धको खोप नलगाएका कुकुर, बिरालो, मुसालगायतका जनावरको टोकेका खोप लगाउनु पर्दछ । पाँचपटक गरी खोप लगाउनुपर्ने अस्पतालका चिकित्सक डा शेरबहादुर पुनले बताउनुभयो ।
उहाँले भन्नुभयो– “जनावरले टोकेमा पहिलो दिन, तेस्रो दिन, सातौँ दिन, चौथो दिन र २८औँ दिनमा गरी पाँचपटक खोप लगाउनुपर्छ ।” यदि घरमै पालेको जनावरले टोकेमा पहिलो दिन, तेस्रो दिन र सातौँ दिन गरी तीनपटक खोप लगाएमा रेविज हुनबाट बच्न सकिने पुनले जानकारी दिनुभयो ।
जनावरले टोकेका बिरामीमध्ये धेरै बिरामी कुकुरले टोकेका आउने गरेको डा पुनले बताउनुभयो । गएको एक सातामा एक हजार ४४४ जना बिरामीले रेविजविरुद्धको खोप लगाएका छन् । रासस
No comments:
Post a Comment