काठमाडौँ, १४ चैत । सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा बन्न लागेको हिटिङ पौडी पोखरीको विस्तृत परियोजना प्रतिवेदन ९डिपिआर० तयार गर्न नेपाल पौडी सङ्घ र तिसा ज्वेल्सबीच सम्झौता भएको छ ।
सङ्घका अध्यक्ष अशोक बज्राचार्य र तिसाका प्रमुख कार्यकारी अधिकृत सागर शाक्यले आज यहाँ आयोजित एक कार्यक्रममा सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो ।
सम्झौताअनुसार तिसाले डिपिआर तयार गर्न लाग्ने रु १० लाख खर्च व्यहोर्ने भएको छ । डिपिआर तयार गर्ने जिम्मा जोन स्यान्डी एसोसिएसनलाई दिएबमोजिम सोको सम्झौतापत्रमा पनि आजै हस्ताक्षर भयो ।
स्यान्डीका कार्यकारी निर्देशक सुरेन्द्र बज्राचार्य र टिसाका प्रमुख कार्यकारी अधिकृत शाक्यले सोही कार्यक्रममा सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो ।
स्यान्डीले वैशाख मसान्तभित्र डिपिआर तयार गरी उपलब्ध गराउने र त्यसपछि निर्माण कार्यलाई अगाडि बढाउनेछ । दुई वर्षभित्र हिटिङ पौडी पोखरी तयार गर्ने लक्ष्य रहेको सङ्घको भनाइ छ ।
उक्त पौडी पोखरी निर्माण गर्न राष्ट्रिय खेलकुद परिषद् ९राखेप० र पौडी सङ्घबीच गत भदौ ५ गते सम्झौता भएको थियो । निर्माणको कुल लागतमध्ये ८० प्रतिशत नेपाल सरकारले व्यहोर्ने तथा बाँकी २० प्रतिशत पौडी सङ्घले व्यवस्थान गर्ने अध्यक्ष बज्राचार्यले जानकारी दिनुभयो । रासस
No comments:
Post a Comment