Sunday, March 13, 2016

प्रहरी सहायक निरीक्षकविरुद्ध मुद्दा दायर

काठमाडौँ, ३० फागुन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी बढुवा भएको भन्दै रौतहट सन्तपुर प्रहरी चौकीमा कार्यरत प्रहरी सहायक निरीक्षक चित्रबहादुर कार्कीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगका प्रवक्ता कृष्णहरि पुस्करका अनुसार प्रहरी प्रधान कार्यालयअन्तर्गत रौतहट सन्तपुरमा कार्यरत प्रहरी सहायक निरीक्षक कार्कीले विहार विद्यालय परीक्षा समिति, विहार प्रदेशअन्तर्गत उच्च विद्यालय पूर्व चम्पारन भारतबाट सन् १९९२ मा माध्यामिक तह उत्तीर्ण गरेको भनी पेस गरेको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली देखिएको हो । आयोगले कार्कीविरुद्ध हदैसम्मको कारबाहीको माग गरेको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts