Tuesday, March 8, 2016

बेलायती नागरिक मृत फेला

नेपालगन्ज, २५ फागुन । सेतु विक चोकस्थित कस्तुरी होटलमा एक विदेशी नागरिक मृत अवस्थामा फेला परेका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक टेकप्रसाद राईका अनुसार होटलको कोठा नं १०२ मा ६९ वर्षीय बेलायती नागरिक जोन निकोलस वाट्सन मृत अवस्थामा भेटिएका हुन् ।

सोमबार बेलुकी ५ बजे होटलमा आएका पार्सपोर्ट नं ५००६१८१२० का बेलायती नागरिक वाट्सनले होटलमा एक कप कफीमात्र पियको होटल सञ्चालकले जनाएका छन् ।

कोठाभित्र चुकुल लगाएको अवस्थामा मृत भेटिएका उनको कोठामा सामान छरपस्ट अवस्थामा रहेको थियो । घटना सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts