Tuesday, March 8, 2016

‘नयाँ संविधान प्रजातान्त्रिक अभ्यासको परिणाम’

काठमाडौँ, २५ फागुन । भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले संविधानसभाबाट जारी भएको नयाँ संविधान सफल शान्ति प्रक्रिाया र लामो प्रजातान्त्रिक अभ्यासको परिणाम भएको बताउनुभएको छ ।

जवाहरलाल नेहरु विश्वद्यिालय(जेएनयु)को दक्षिण एसियाली अध्ययन केन्द्रले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले संविधानका विषयमा मधेस केन्द्रित दलले उठाएका मुद्दा संविधानको पहिलो संशोधनले सम्बोधन गरेको स्पष्ट पार्नुभयो ।

राजदूत उपाध्यायले हालैको प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण अत्यन्त सफल रहेको जनाउँदै यसले दुई देशबीच देखापरेको असमझदारी पूर्णरुपमा अन्त्य गरेको विश्वास व्यक्त गर्नुभयो । उहाँले वर्षौ पूरानो दुई देशबीचको सम्बन्ध ‘हृदयदेखि हृदयसम्म’को सम्बन्धको हो भन्दै यसमा कुनै कमी आउन नहुने बताउनुभयो ।

त्यसैगरी राजनीतिक र व्यापारलाई छुट्टाछुट्टै दुई विषयका रुपमा लिएर अगाडि बढ्नुपर्ने जोड दिँदै उहाँले दुई देशका सम्बन्धित निकायले नेपालको अहिलेको आवश्यकताअनुसार नेपालमा इन्धन आपूर्तिका लागि तुरुन्त सहकार्य गर्नुपर्ने आवश्यकता औल्याउनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts