Tuesday, March 15, 2016

मनी ट्रान्सफरबाट रकम लुट्ने पक्राउ

पोखरा, २ चैत । पोखराको नागढुङ्गामा रहेको सभ्यता मनी ट्रान्सफरबाट रकम लुटेर भाग्ने एक जनालाई आज प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सुनसरी घर भई हाल पोखराको रामबजार बस्ने प्रशान्त थापामगर भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

प्रहरीका अनुसार थापाको साथबाट एउटा पेस्तोल र लुटेको रु छ लाख ४५ हजार नगद बरामद भएको छ । मनी ट्रान्सफरबाट रकम लुटेर भागेका उनलाई प्रहरीले तत्कालै पक्राउ गरेको थियो ।

आज बिहान पौने ११ बजे थापाले रकम लुटेर भागेका थिए । घटनाका बारेमा प्रहरीले अनुसन्धान गरिरहेको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts