Tuesday, March 8, 2016

क्यान्सरसम्बन्धी निःशुल्क स्वास्थ्य सेवा

काठमाडौँ, २५ फागुन । अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा ओम हस्पिटल एन्ड रिसर्च सेन्टरले निःशुल्क स्वास्थ्य सेवा प्रदान गरेको छ ।

एक सय ६औँ नारी दिवसका अवसरमा आज अस्पताल परिसरमा ४० वर्ष माथिका महिलालाई पाठेघर र स्तन क्यान्सरसम्बन्धी निःशुल्क स्वास्थ्य सेवा प्रदान गरिएको हो ।

अस्पतालका अध्यक्ष एवम् वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा भोला रिजालका अनुसार विश्वमा आठ जनामध्ये एक जना महिलामा स्तन वा पाठेघरको क्यान्सर हुने गरेको छ । सो शिविरमा एक हजार ५०० ले निःशुल्क स्वास्थ्य परीक्षण गराएका थिए । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts