Tuesday, March 8, 2016

संविधानले सबैको हित सुरक्षित गरेको छ – नेम्वाङ

काठमाडौँ, २५ फागनु । नेकपा (एमाले) का नेता सुवास नेम्वाङले नेपालको संविधानले सबै वर्ग, जाति तथा समुदायको हित सुरक्षित गरेको र यो सकारात्मक विभेदको सिद्धान्तमा आधारित रहेको बताउनुभएको छ ।

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले १०६औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा आज आयोजना गरेका कार्यक्रममा उहाँले धेरै सङ्घर्षपछि महिला अधिकार अहिलेको अवस्थामा सुरक्षित गर्न सकिएको स्मरण गराउनुभयो ।

तेत्तीस प्रतिशत महिला सहभागिताको प्रस्ताव आउँदा केहीले त्यसमा आनाकानी गरेको पूर्वसभामुख नेम्वाङले बताउनुभयो ।

सञ्चारिका समूहका अध्यक्ष निर्मला शर्मा, अनेरास्ववियुका पूर्वअध्यक्ष माधव ढुङ्गेल र किशोरविक्रम मल्ल, शिक्षाविद् भोजबहादुर शाह, रक्षा नेपालकी अध्यक्ष मेनुका थापा, शक्ति समूहकी अध्यक्ष सुनिता दनुवारलगायतले हरेक राजनीतिक पार्टीले आ–आफ्नो पार्टीभित्र महिला सहभागिता बढाउन जोड दिनुभएको थियो ।
अनेरास्ववियुका अध्यक्ष नवीना लामाले महिलामाथि हुने विभेद हटाउन नारी र पुरुषको सहकार्य आवश्यक भएको बताउनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts