धनगढी, १४ चैत । कैलालीको अत्तरिया नागरपालिको मुख्यचोकमा रहेका पसलमा केही बेरअघि भीषण आगलागी भएको छ ।
स्थानीय एक गहना पसलबाट सुरु भएको आगो अन्य छ÷सात वटा पसलमा पनि सल्किएको स्थानीयवासी भीष्मराज पाठकले जानकारी दिनुभयो ।
नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी दङ्गा नियन्त्रण गण अत्तरियाको टोली र स्थानीयवासी अहिले आगो निभाउने प्रयासमा जुटेका छन् । धनगढी उपमहानगरपालिका र महेन्द्रनगर नगरपालिकाको वारुणयन्त्र पनि आगो नियन्त्रणमा लिन घटनास्थलतर्फ गएका छन् । रासस
No comments:
Post a Comment