पोखरा, १४ चैत । स्याङ्जा पवैगौडे निवासी रेग्मी दाजुभाइले माता पिताको स्मृतिमा रु एक करोड १५ लाख बराबरको विद्यालय समता निकेतनलाई प्रदान गर्नुभएको छ ।
आफ्ना पिता माता चुणामणि रेग्मी र बाटुली रेग्मीको स्मृतिमा स्थापित चुणामणि मेमोरियल इङलिस बोर्डिङ स्कुल समताको नाममा हस्तान्तरण गर्नुभएको हो ।
पवैगौडे गाविस नयाँ बजारमा एक रोपनी जग्गामा निर्माण भएको १६ कोठे पक्की भवन त्यसभित्र रहेका फर्निचर, कम्प्युटरलगायत सम्पूर्ण सामग्री समेत समताले सञ्चालन गर्ने गरी समताका सञ्चालक उत्तम सन्जेललाई शनिबार एक कार्यक्रमकाबीच रेग्मी दाजुभाइ लोकनाथ रेग्मी र टुकप्रसाद रेग्मीले दान स्वरुप हस्तान्तरण गर्नुभएको हो ।
विसं २०६० मा स्थापित सो विद्यालयमा हाल नर्सरीदेखि कक्षा १० सम्म अध्यापन हुँदै आएको छ भने कुल १७५ विद्यार्थीले अध्ययन गर्दै आएका छन् । अङ्ग्रेजी माध्यमको शिक्षामा पहँुच नभएका विद्यार्थीलाई सुलभ शुल्कमा शिक्षा दिँदै आएको समता निकेतनलाई विद्यालय हस्तान्तरण गर्न पाएकामा आफ्नो परिवार खुसी रहेको दाता लोकनाथ रेग्मीले बताउनुभयो ।
रेग्मी दाजुभाइले विद्यालयमा सेयर रहेका २७ जना सेयर सदस्यलाई उनीहरुको मूल्याङ्कनले पर्ने २२ लाख रकमसमेत फिर्ता दिई विद्यालयको सबै स्वामित्व आफ्ना नाममा लिई जग्गाको लालपूर्जालगायत सबै दान दिएको बताउनुभयो ।
देशभर १९ जिल्लामा विद्यालय सञ्चालन गर्दे आएको समाताको सो ४२औँ विद्यालय भएको सञ्चालक उत्तम सन्जेलले बताउनुभयो । रास
No comments:
Post a Comment