Wednesday, March 16, 2016

मुढाले थिचेर मृत्यु

तनहुँ, ३ चैत । मुढाले थिच्दा आज दिउँसो तनहुँमा एक पुरुषको मृत्यु भएको छ ।

काँहुशिवपुर गाविस–८ निवासी ४५ वर्षीय मानबहादुर थापाको मुढाले थिचेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

सोही क्षेत्रमा पर्ने स्थानीय सामुदायिक वनबाट कच्ची सडकमा मुढा झार्ने क्रममा मुढाले अचानक थिच्दा थापाको घटनास्थलमै मृत्यु भएको हो ।

जानकारी पाएलगत्तै प्रहरी घटनास्थलतर्फ प्रस्थान गरेको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts