Friday, March 25, 2016

काँग्रेसलाई सरकारमा ल्याउने पहल भइरहेको–महासचिव पोखरेल

मोरङ, १२ चैत । नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले नयाँ संविधानको कार्यान्वयनका लागि प्रमुख दलहरुबीच सहमतिको खाँचो औँल्याउनुभएको छ ।

मोरङको विराटनगर विमानस्थलमा आज पत्रकारसँगको कुराकानीमा उहाँले संविधान कार्यान्वयनका लागि नेपाली काँग्रेस प्रतिपक्षमा नभई सरकारमा आउनुपर्नेमा उहाँको जोड थियो ।

नेपाली काँग्रेसलाई पनि साथमा लिएर सहमतिको राष्ट्रिय सरकार निर्माणको पहल भइरहेको बताउँदै उहाँले काँग्रेस सरकारमा नआए पनि विधिअनुसार नै वर्तमान सरकार चलिरहनेछ भन्नुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts