भीमदत्तनगर, १२ चैत । नेपाल–भारत सीमा क्षेत्रमा हुने अपराध तथा चोरी सिकारी नियन्त्रणमा आवश्यक समन्वय गर्न दुवै देशका सुरक्षा अधिकारी सहमत भएका छन् ।
कञ्चनपुरको भीमदत्तनगरमा सशस्त्र प्रहरी र भारतीय सीमा सुरक्षा बल (एसएसबी) बीच मानव बेचबिखन, लागुऔषध तथा चोरी सिकारी नियन्त्रण, सीमा स्तम्भ संरक्षण एवम् सीमा अतिक्रमण हुन नदिने विषयमा सहमति भएको हो ।
सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालय कञ्चनपुरले आयोजना गरेको बैठकमा सीमा पिलर संरक्षण र सीमा अतिक्रमण रोक्न दुवै सुरक्षा निकायबीच आवश्यक समन्वय गर्ने विषयमा सहमति भएको सीमा सुरक्षा कार्यालयका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक तारादत्त पन्तले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो– “अन्य आपराधिक गतिविधि नियन्त्रण गर्न पनि सूचना आदानप्रदान गर्ने सहमति पनि भएको छ ।”
बैठकमा सशस्त्र प्रहरी उपरीक्षक तारादत्त पन्तका साथै एसएसबीको पलिया–३९ बटालियनका एसबी शेर खानलगायत सुरक्षा अधिकारीको सहभागिता थियो । रासस
No comments:
Post a Comment