Tuesday, March 22, 2016

प्रलेस नुवाकोटमा नवदीप

त्रिशूली(नुवाकोट), ९ चैत । प्रगतिशील लेखक सङ्घ नुवाकोटको दोस्रो जिल्ला अधिवेशनले नवदीप अजनवीको नेतृत्वमा आज ११ सदस्यीय जिल्ला समिति चयन गरेको छ ।

अधिवेशनले उपाध्यक्षमा बद्रीवृन्द गजुरेल, सचिवमा रामहरि गजुरेल, सहसचिवमा ज्वालामुखी र कोषाध्यक्षमा उमा सिलवाललाई चयन गरेको छ । कार्यसमितिको सदस्यमा जीवन पुडासैनी, पुरुषोत्तम रिजाल, जनक भट्टराई, इश्वर पौडेल, दुर्गा पनेरु, विवेक ढकाल चयन हुनुभएको छ ।

सम्मेलनले सल्लाहकारमा आरएम डङ्गोल, शिवसुन्दर पुडासैनी, पुरु लम्साल र नवराज अधिकारीलाई चयन गरेको छ ।

अधिवेशनको उद्घाटन गर्दै सङ्घका केन्द्रीय अध्यक्ष डा अमर गिरीले यथास्थितिवादबाट प्रगतितिर लम्कने साहित्य सिर्जना गर्नु नै प्रगतिशील लेखकको जिम्वेवारी भएको बताउनुभएको थियो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts