Tuesday, March 22, 2016

शव पठाउन ढिलाइ

दमाम (साउदी अरब), ९ चैत । नेपाली राजदूतावासले समयमा पहल नगर्दा साउदीमा ज्यान गुमाएका रामेछाप रामपुरका ३५ वर्षीय विक्रमबहादुर तामाङको शव नेपाल पठाउन ढिलाइ भएको छ ।

रियादस्थित जिपीजेड जचराईड्स ओभरसिज कम्पनीमा कार्यरत तामाङको गत माघ १६ गते रियादबाट दमाम आउने क्रममा सडक दुर्घटनामा परी ज्यान गएको थियो । रियादमा कार्यरत तामाङलाई कम्पनीले दमाम सरुवा गरेका थियो । उनी १५ महिनाअघि रोजगारीका लागि साउदी आएका थिए ।

कम्पनीले शव नेपाल पठाउन एक महिनाअघि नै सबै प्रक्रिया पूरा गरेको जनाएपनि दूतावासले पहल नगर्दा ढिलाइ भएको मृतक तामाङका दाजु खड्गबहादुर तामाङले गुनासो गर्नुभयो । शव पठाउने प्रक्रिया मिलाइदिन एक महिनाअघि नै दूतावासलाई निवेदन दिएको भए पनि सुनुवाइ नभएको तामाङको भनाइ छ । तामाङको शव अलहासा अलहाफुक अस्पतालमा राखिएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts