Friday, March 25, 2016

स्थानीयवासीको सहभागितामा बुद्धजयन्ती

रुपन्देही, १२ चैत । सरकारले लुम्बिनीलाई अब सिद्धार्थ गौतम र बौद्धदर्शन जन्मेको स्थानका रुपमा विकास गर्नुपर्नेमा जोड दिएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री आनन्दप्रसाद पोखरेलले पच्चीस सय साठीआँै बुद्धजयन्ती तथा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनका सन्दर्भमा आयोजित अन्तरक्रियालाई आज यहाँ सम्बोधन गर्दै लुम्बिनी तथा बुद्धसँग सम्बन्धित क्षेत्रको समग्र विकासका लागि स्थानीयवासीले अपनत्व ग्रहण गर्दै स्वामित्व लिनुपर्नेमा जोड दिनुभयो । उहाँले लुम्बिनी, कपिलवस्तु, रामग्राम र देवदहलाई जोडेर बृहत् लुम्बिनीका रुपमा विकास गरिने छ भन्नुभयो ।
आगामी जेठ ६– ८ गते काठमाडौँ र लुम्बिनीमा अन्तर्राष्ट्रिय बुद्ध जयन्ती र सम्मेलन हुँदैछ । कार्यक्रममा सहभागीले बुद्धजयन्ती तथा लुम्बिनीमा हुने कार्यक्रममा स्थानीयवासीको सहभागिता बढाउनुपर्नेमा जोड दिएका थिए । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts