Friday, March 25, 2016

ब्रसेल्स आक्रमणमा नेपाली हताहत छैनन्–दूतावास

काठमाडौँ । बेल्जियमको राजधानी सहर ब्रसेल्सको बिमानस्थल र अन्य ठाउँमा गत मङ्गलबार बिहान गराइएका शक्तिशाली विस्फोटमा कुनै पनि नेपाली हताहत नभएको ब्रसेलस्थित नेपाली दूतावासले जनाएको छ ।

आज विज्ञप्ति जारी गरी दूतावासले बम विष्फोटका समयमा घटनास्थलमा रहेका केही नेपालीलाई सुरक्षित स्थानमा पु¥याइएको र उक्त घटनामा मृत्यु तथा घाइते भएकोहरुको सूचीमा अहिलेसम्म कुनै नेपालीको नाम समावेश नभएको जनाएको छ ।

उक्त घटनामा कुनै नेपाली प्रभावित भएको जानकारी प्राप्त भएमा वा घटनाबाट प्रभावित कुनै नेपाली नागरिक भए यथाशीघ्र दूतावासमा सम्पर्क गर्न दूतावासले आह्वान गरेको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts