Friday, March 18, 2016

दुर्घटनामा दुईको मृत्यु

बनेपा, ५ चैत । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–५ स्थित केराघारीमा आज भएको दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।

घटनास्थल पुग्नुभएका जिल्ला प्रहरी कार्यालय धुलिखेलका प्रहरी निरीक्षक दानसिंह मडैले दोलखाबाट काठमाडौँ जाँदै गरेको बा३ख ७९३८ नंको बस तीव्र गतिमा भएका कारण अरनिको राजमार्गबाट झन्डै २५ मि तल खस्दा दुर्घटना भएको जानकारी दिनुभयो ।

दुर्घटनामा घाइते भएका २४ जनालाई उद्धारका लागि धुलिखेल अस्पताल ल्याइएको र तीमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । दुर्घटनाको विस्तृत विवरण अझै आइपुगेको छैन । रासस
–––––––––

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts