Friday, March 18, 2016

जापानी परियोजनाबारे छलफल

काठमाडौँ, ५ चैत । राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपालका लागि जापानका राजदूत मासासी ओगावाले आज अपराह्न राष्ट्रपति कार्यालयमा शिष्टाचार भेट गर्नुभयो ।

यहाँस्थित जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)का प्रमुख प्रतिनिधि चुतोमु सिमिजुका साथ भएको उक्त भेटमा जापान सरकारका तर्फबाट नेपालमा भएको सहयोगका परियोजनाबारे छलफल भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

जाइकाका प्रमुख प्रतिनिधि नेपालको कार्यकाल पूरा गरी निकट भविष्यमा स्वदेश फर्कँदै हुनुहुन्छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts