Wednesday, March 16, 2016

‘घरेलु महिला कामदारको पेसालाई मर्यादित बनाउन आवश्यक’

काठमाडौँ, ३ चैत । घरेलु महिला कामदारको पेसालाई सम्मानित र मर्यादित बनाउन आवश्यक रहेकामा आज यहाँ आयोजित कार्यक्रमका वक्ताले जोड दिएका छन् ।

महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालय र महिला पुनःस्थापान केन्द्र (ओरेक)ले आज यहाँ आयोजना गरेको ‘घरेलु श्रम र घरेलु महिला कामदार’ विषयक अन्तक्र्रिया कार्यक्रमका वक्ताले घरेलु श्रम र श्रमिकलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आवश्यक रहेको धारणा राखेका थिए ।

अधिकांश घरेलु कामदार श्रम शोषणमा परिरहेको भन्दै यस सम्बन्धमा स्पष्ट मापदण्ड बनाउन आवश्यक रहेको उनीहरुको भनाइ थियो ।

श्रम तथा रोजगार मन्त्रालयका सहसचिव सूर्यप्रसाद श्रेष्ठले देशभित्रैका घरेलु कामदार र विदेशमा कामदारका रुपमा गएका घरेलु कामदार दुवै क्षेत्रमा बेथिति देखिएको बताउँदै त्यसलाई नियन्त्रण गर्न आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा ओरेककी अस्मिता सापकोटाले विदेशमा घरेलु कामदारका रुपमा रहेका नेपाली महिलाको विषयमा र नेपाल स्वतन्त्र घरेलु कामदार युनियनकी सोनु दनुवारले नेपालमा घरेलु कामदारका रुपमा रहेका महिलाको विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts