इटहरी, ३ चैत । सुनसरीको पश्चिम कुशाहा–९ का मोहम्मद जलाम मिया र उनकै भाइ मोहम्मद बासिरको घरमा आगलागी हुँदा कम्तीमा रु २५ लाखभन्दा बढी क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
घरमा लागेको आगो स्थानीयवासी, प्रहरी सशस्त्र प्रहरी र इटहरी तथा इनरुवाबाट आएको वारुणयन्त्रको सहयोगले नियन्त्रणमा लिइएको थियो । परालको कुन्यूबाट आगो फैलिएको बताइएको छ । रासस
No comments:
Post a Comment