Tuesday, March 8, 2016

सरकारमा सहभागी भई संविधान कार्यान्वयनमा सहयोग गर्न आग्रह

सुरुङ्गा (झापा), २५ फागुन । कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्री अग्नि खरेलले नेकपा (एमाले) नेतृत्वको सरकार कुनै हालतमा नढल्ने बताउनुभएको छ ।

प्रेस चौतारी झापाले आज बिर्तामोडमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले सरकारलाई कतैबाट पनि ‘घुन पुत्ली’ लाग्ने कुनै अवस्था नरहेकाले यो सरकार नढल्ने प्रष्ट्याउनुभयो । “विगतमा भएको भद्र सहमतिको पक्षमा नेपाली काँग्रेसको अबको नेतृत्व उभिनेमा यो सरकार विश्वस्त छ” – मन्त्री खरेलले भन्नुभयो ।

अफ्ठ्यारो अवस्थामा गठन भएको वर्तमान सरकारले नै संविधान कार्यन्वयनका लागि विशेष भूमिका निर्वाह गर्ने उहाँको भनाइ थियो । सरकार बाहिर रहेका दललाई सरकारमा सहभागी भई संविधान कार्यान्वयनमा सहयोग पु¥याउनसमेत उहाँले आग्रह गर्नुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts