Sunday, March 6, 2016

टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

भक्तपुर, २४ फागुन । अरनिको राजमार्गखण्ड छ लेन सडकअन्तर्गत भक्तपुरको मध्यपुरथिमि–१५ गठ्ठाघरमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

गएराति काठमाडौँबाट भक्तपुरतर्फ जार्दै गरेको बा५८प ७९४८ नंको मोटरसाइकललाई बा३ख ७८३५ नंको टिपरले ठक्कर दिएको थियो ।

ठक्करबाट मोटरसाइकल चालक रौतहट जिल्ला चन्द्रनिगाहपुर घर भई सर्लाही नवलपुरस्थित नेपाली सेनाको रिपुमर्दन गण दरबन्दी भई हेटौँडा सुपारीटार मध्यपृतनामा कार्यरत ३७ वर्षीय प्युठ राजेन्द्र राईको मृत्यु भएको महानगरीय प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक प्रवीणलाल श्रेष्ठले जानकारी दिनुभयो ।

टिपर चालक खाना खान गएका बेला सिन्धुपाल्चोक लामोसाँघु घर भई पेप्सीकोलामा होटल गरी बस्ने २२ वर्षीय होटल सञ्चालक केशव भण्डारीले तीव्र गतिमा भक्तपुरतर्फ नै टिपर लैजाँदा मोटरसाइकललाई ठक्कर दिएर फरार रहेका छन् ।

फरार भण्डारीको खोजी भइरहेको र टिपर भने प्रहरीले नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताउनु भयो ।रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts