Friday, March 25, 2016

हुम्लाको विकास भए देशकै मुहार फेरिने

काठमाडौँ, १२ चैत । हुम्लाको विकासलाई निरन्तरता दिँदै नयाँ विकासका कार्यक्रम ल्याउनसकेमा सिङ्गो देशको मुहार फेर्न सकिने सम्बद्ध क्षेत्रका व्यक्तिले बताएका छन् ।

आज यहाँ आयोजित ‘हुम्लाको विकासमा नयाँ पहल’ विषयक कार्यक्रममा बोल्दै हुम्लाका सभासद् जीवनबहादुर शाहीले हुम्लामा बाटो, बिजुली, बजार र वनको उचित विकास गरी मुहार फेर्न सकिने बताउनुभयो ।
योजना आयोगका सदस्य विजय कँुवरले हुम्लामा सिँचाइ गर्ने व्यवस्था गर्नसके स्थानीय उत्पादन बढाई भोकमरीको समाचार सुन्नपर्ने अवस्थाको अन्त्य हुने विचार राख्नुभयो । राजनीति शास्त्री प्रा डा गोपाल शिवाकोटीले अभाव र पीडा हुम्लाको मात्र समस्या नभई नेपालको भएकाले विकासका लागि बाहिरको आशा गर्ने आशेबानी त्याग्नुपर्ने बताउँदै विकास गर्न र हुम्लाको अन्न व्यवस्थापन गर्नेतर्फ सरकारको ध्यान जानुपर्ने औँल्याउनुभयो ।

वरिष्ठ पत्रकार भैरव रिसालले कर्णाली नदी नेपालको गौरव क्षेत्र भएको उल्लेख गर्दै त्यहाँका जनतामा सकारात्मक सोचको विकास गर्नु पर्ने धारणा राख्नु भयो ।

पत्रकार दीपेन्द्र रोकायाले हुम्लाको विकासमा नयाँ पहलका सन्दर्भमा एक कार्यपत्र प्रस्तुत गर्दै हुम्ला एसियाको गन्तव्य हुने सम्भावना रहेको र त्यसका लागि सम्भावित उपायकाबारे सरकार गम्भीर हुनुपर्ने उल्लेख गर्नुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts