Friday, March 25, 2016

अध्यक्ष वैद्यको प्रतिवेदनमा महासचिव थापाको फरक मत

काठमाडौँ, १२ चैत । नेकपा(क्रान्तकारी माओवादी)को आजबाट सुरु भएको केन्द्रीय समितिको बैठकमा अध्यक्ष मोहन वैद्यले राख्नुभएको प्रतिवेदनमाथि फरक मत राख्दै महासचिव रामबहादुर थापाले अर्को प्रतिवेदन पेस गर्नुभएको छ ।

बैठकमा अध्यक्ष वैद्यले एकीकृत नेकपा(माओवादी)सँग विचार र सिद्धान्तमा सहमति भएमात्रै एकता सम्भव भएको निष्कर्षसहितको प्रतिवेदन पेस गर्नुभएको छ ।

प्रतिवेदनमा वैद्यले जनवादी क्रान्तिको कार्यदिशालाई जोड दिनुभएको छ भने थापाले राष्ट्रिय जनवादको नयाँ कार्यक्रम प्रतिवेदनमा ल्याउनुभएको छ ।

महासचिव थापाले क्रान्तिकारी माओवादीबीचको एकता नै अहिलको आवश्यकता रहेको ठहर गर्दै नमिलेका विषयमा थप छलफल गर्दै अहिले एकतालाई जोड दिनुपर्ने प्रतिवेदनमा उल्लेख गर्नु भएको छ ।

माओवादीका नेता देव गुरुङले आजको बैठकमा अध्यक्ष वैद्य र महासचिव थापाले वर्तमान परिस्थिति र एमाओवादी पार्टीसँगको एकताको विषयमा प्रस्तुत गर्नुभएको प्रस्तावबारे दुवै नेताले व्याख्या गर्नुभएकोे जानकारी दिनुभयो ।

उहाँले बैठकमा दुई वटा प्रतिवेदन नभई दुई वटा रिपोर्टमात्रै आएको जिकिर गर्नुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts