Wednesday, March 9, 2016

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

सल्यान २६, फागुन । सल्यानमा मोटरसाइकल दुर्घटना हँुदा एक जनाको मृत्यु भएको छ ।

राप्ती राजमार्गअन्तर्गत श्रीनगर थारमारे सडकखण्डको मोखला नजिक रा ३ प ४९८ नम्बरको मोटरसाइकल मङ्गलवार साँझ दुर्घटना हुँदा मोटरसाइकल चालक बागचौर नगरपालिका–३ रारेचौरका ३६ वर्षीय मोहन डिसीको मृत्यु भएको हो ।

रारेचौरबाट खलङ्गातर्फ आउँदै गर्दा मोटरसाइकल दुर्घटना भई सडकबाट करिब १०० मिटर तल शारदा नदीमा खसेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी गम्भीर घाइते भएका डिसीलाई उपचारका लागि श्रीनगर ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको थियो । मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल खलङ्गामा राखिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts