Wednesday, March 9, 2016

‘मेरी पियारी’ एल्बम सार्वजनिक

काठमाडौँ, २६ फागुन । सङ्गीतकार बिबि अनुरागीको नयाँ एल्बम ‘मेरी पियारी’ सार्वजनिक भएको छ ।

अनुरागीको स्वर तथा सङ्गीत रहेको सो एल्बममा सुमन श्रापित, निलम आङ्बुहाङ राई, मुकेश राई, कृष्ण केसी, सञ्जीवनी, स्वरुपा रसाइलीलगायतका गायक÷गायिकाले समेत स्वर दिनुभएको छ । विभिन्न आठवटा गीत समावेश सो एल्बमलाई मङ्गलबार आयोजित एक कार्यक्रमका बीच विमोचन गरियो ।

त्यसैगरी, आगामी चैत १८ गते प्रज्ञा प्रतिष्ठान कमलादीमा बिबि अनुरागी एकल साँझ ‘टेको सन्ध्या’ हुने भएको छ । गत वैशाख १२ गते गएको विनाशकारी भूकम्पबाट अति प्रभावित धादिङ र सिन्धुपाल्चोक जिल्लाका क्षतिग्रस्त विद्यालयलाई सहयोग पु¥याउने उद्देश्यले आयोजना गरिएको सो एकल साँझको आयोजना गर्न लागिएको नेपाली कला सङ्गमका सल्लाहकार तथा संयोजक सुदर्शन महर्जनले जानकारी दिनुभयो ।

एल्बममाथि समीक्षा गर्दै सङ्गीतकार सुरेश अधिकारीले ‘मेरी पियारी’ एल्बममा व्यावहारिक र नेपाली समाज सुहाउँदो विषयवस्तु समावेश गरिएको छ भन्नुभयो ।

कार्यक्रममा संविधानविद् एवम् सङ्गीतकार भीमार्जुन आचार्य, साहित्यकार तथा समाजसेवी भद्रकुमारी घले र गीतकार तथा सञ्चारकर्मी रमेश पौडेललगायतको सहभागिता रहेको थियो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts