Tuesday, March 22, 2016

अवैध सुन भएको आशङ्कामा कन्टेनर नियन्त्रणमा

धुन्चे (रसुवा), ९ चैत । चीनबाट आयात गरिएको सामग्रीसहितको सिलबन्दी मालवाहक कन्टेनरमा अवैध सुन भएको आशङ्कामा संयुक्त सुरक्षा टोलीले कालिकास्थानबाट आज नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार भन्सार कार्यालय टिमुरेले सिल गरेको बा३ख ५४४५ नं को कन्टेनरभित्र अवैध सुन भएको विशेष सुराकीका आधारमा नेपाल प्रहरी र सशस्त्र प्रहरी सीमा सुरक्षा बलले नियन्त्रणमा लिएको हो ।

भन्सार कार्यालयले सिलबन्दी गरेको सो कन्टेनर खोल्न नमिल्ने भएका कारण आवश्यक जाँचबुझ गर्न राजस्व अनुसन्धान विभागमा पठाइएको छ । जाँचबाट सही परिणाम आओस् भन्ने उद्देश्यले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई समेत जानकारी गराईएको सशस्त्र प्रहरी सीमा सुरक्षा बलका प्रहरी नायब उपरीक्षक दर्शन गिरीले जानकारी दिनुभयो । रासस
–––––––

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts