हेटौँडा, ९ चैत । फागु पूर्णिमा मनाउने क्रममा जबर्जस्ती लोला हान्ने, मादक पदार्थ सेवन गरी होहल्ला गर्ने र अनियन्त्रित रुपमा सवारी चलाउने करिब ४० जनालाई प्रहरीले नियन्त्रणमा लिई साँझ रिहा गरेको छ ।
प्रहरीले उनीहरुलाई पालुङ, भीमफेँदी, मनहरि र हेटौँडा बजारबाट नियन्त्रणमा लिएको थियो । यसैगरी नियन्त्रणमा लिइएको ६० वटा मोटरसाइकलाई आवश्यक प्रक्रिया पूरा गरी भोलिमात्र छाडिने भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस
No comments:
Post a Comment