Monday, March 7, 2016

आगलागीबाट अठ्चालीस लाखको क्षति

बैतडी, २४ फागुन । बैतडीको पाटन–१२ स्थित खोटो सङ्कलन केन्द्र अपि हिमालय रोजनी कम्पनीमा आगलागी हुँदा रु ४८ लाख बराबरको क्षति भएको छ ।

आज दिउँसो करिब १२ बजेतिर केन्द्रमा आगलागी हुँदा तीन हजार ५०३ खोटो, १४ हजार लिटर तारपिन तेल र २५ ड्रम रोजिन जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मोहन पोखरेलले जानकारी दिनुभयो ।

बैतडीको दशरथचन्द्र नपाको दमकल र डडेल्धुराको अमरगढी नपाको दमकलको सहयोगमा नेपाल प्रहरी, नेपाली सेना, स्थानीय प्रशासनलगायतको सहायताले करिब सात घन्टापछि आगो नियन्त्रणमा लिइएको थियो । भट्टीमा खोटो पकाउने बेला आगलागी भएको जनाइएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts