काठमाडौँ, २३ फागुन । महिलाविरुद्ध हुने घटना न्यूनीकरणमा उल्लेखनीय योगदान पु¥याएबापत तीन जना व्यक्ति र एक संस्थालाई आज यहाँ सम्मान गरिएको छ ।
सम्मान पाउनेमा नेपाल प्रहरीका उपरीक्षक मीरा चौधरी, डा अरुणा उप्रेती र धावक मीरा राई हुनुहुन्छ । समारोहमा महिला तथा बालबालिकाको हितमा समर्पित गैरसरकारी संस्था महिला आधारशीलालाई समेत सम्मान प्रदान गरिएको थियो ।
राष्ट्रिय महिला आयोग आयोगको १५औँ वार्षिकोत्सवका अवसरमा उप्रप्रधान एवम् महिला, बालबालिका तथा समाजकल्याणमन्त्री सिपी मैनालीले उहाँहरुलाई उक्त सम्मान प्रदान गर्नुभएको हो ।
महिलाको सामाजिक, आर्थिक र राजनीतिक सशक्तीकरणका लागि २०५८ साल फागुन २४ गते स्थापना भएको राष्ट्रिय महिला आयोगले समाजमा विद्यमान लैङ्गिक भेदभाव, कुप्रथा एवम् महिलामा हुने हिस्साविरुद्ध जनचेतना, सार्वजनिक सुनुवाइ र अन्तक्र्रियाजस्ता कार्यलाई प्राथमिकतामा राखेर काम गर्दै आएको छ ।
आयोगमा गत साउनयता २०८ वटा महिला हिंसासम्बन्धी उजुरी परेको सो अवसरमा जानकारी दिइयो । महिला आयोग र राष्ट्रिय दलित आयोग मिलेर महिला र दलितको हकअधिकार कसरी सुनिश्चित गर्ने भन्नेबारेमा कार्ययोजना तयारको चरणमा रहेको जानकारी दिइयो ।
समारोहमा घरपरिवार र समाजमा हुने महिला हिंसा र यौन हिंसाका घटनालाई जोडेर हाँस्य कलाकार मनोज गजुरेलले चेतनामूलक हाँस्यव्यङ्ग्यसमेत प्रस्तुत गर्नुभयो ।
उपप्रधानमन्त्री मैनाली र आयोगका कावा अध्यक्ष मनु हुमागार्इंले महिला हकअधिकारका लागि सरकारी तहमा हुँदै आएका प्रयासका बारेमा बोल्नुभएको थियो । रासस
No comments:
Post a Comment