Friday, March 11, 2016

महामन्त्री कोइराला र चिनियाँ राजदूतबीच भेट

काठमाडौँ, २८ फागनु । नेपाली काँंग्रेसका महामन्त्री शशांक कोइराला र चिनियाँ राजदूत वु चुन्ताईबीच आज कोइराला निवास महाराजगञ्जमा भेटवार्ता भयो ।

महामन्त्री कोइराला र राजदूत चुन्ताईबीच मुलुकको समसामयिक राजनीतिक अवस्थाबारे छलफल भएको थियो ।

भेटमा महामन्त्री कोइरालाले आफूले पार्टी एकजुट बनाएर लैजाने दृढता प्रकट गर्नुभएको पार्टी स्रोतले जानकारी दिएको छ ।

चिनियाँ राजदूतले महामन्त्री पदमा निर्वाचित हुनुभएका कोइरालालाई बधाई दिँदैे उहाँको कार्यकालको सफलताको कामना गर्नुभएको थियो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts