Tuesday, March 22, 2016

बसपार्क निर्माण निश्चित

उर्लाबारी (मोरङ), ९ चैत । जिल्लाको दोस्रो ठूलो सहर उर्लाबारी नगरपालिकामा बसपार्क बन्ने निश्चित भएको छ ।

जग्गा नपाउँदा लामो समयदेखि बहसको रुपमात्र भए पनि अब भने बसपार्क बन्ने बाटो खुला भएको हो ।

केही स्थानीयवासीले एक बिगाहा १८ कट्ठा जमिन उपलब्ध गराउने भएपछि उर्लाबारी–३ मा बसपार्क बन्ने भएको कार्यकारी अधिकृत सुवास श्रेष्ठले जानकारी दिनुभयो ।

श्रेष्ठले बाँकी एक बिगाहा एक कट्ठा जग्गा केही समयभित्रै नपालाई प्राप्त हुने बताउनुभयो । व्यवस्थित बसपार्कको अभावमा पूर्व–पश्चिम राजमार्गमै बसपार्क बनाउनु पर्दा दुर्घटनाको जोखिम रहँदै आएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts