Monday, March 14, 2016

वालिङ नगरपालिका सर्वोत्कृष्ट

वालिङ, १ चैत । देशभरका नगरपालिकाहरुमध्येमा उत्कृष्ट कार्य गरेकामा स्याङ्जाको वालिङ नगरपालिका पुरस्कृत भएको छ ।

नेपाल नगरपालिका सङ्घको २३औँ स्थापना दिवसको अवसरमा देशभरबाट २१७ वटा नगरपालिकामध्ये वालिङ नगरपालिका उत्कृष्ट नगरपालिका घोषित भएको हो ।

उत्कृष्ट सेवा प्रवाह, सहरी योजना, सुशासन, फोहरमैला व्यवस्थापनलगायतका विषयवस्तुलाई मूल्याङ्कन गर्दै वालिङ नगरपालिकालाई नेपाल नगरपालिका सङ्घले उत्कृष्ट घोषणा गरेको कार्यकारी अधिकृत सुरथ पोख्रेलले बताउनुभयो ।

उत्कृष्ट भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले वालिङ नगरपलिकाका प्रमुख सुरथ पोख्रेललाई नगरपालिकाले गरेको कामको उच्च मूल्याङ्कन गर्दै आइतबार काठमाडौँमा सम्मानपत्रसहित नगद रु एक लाखको चेक हस्तान्तरण गर्नुभएको थियो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts