तनहुँ, २५ फागुन । आज बिहान यहाँ दुई सहचालकको मृत्यु भएको छ ।
एक सहचालकको सवारी दुर्घटनामा परेर र एकको भिरबाट लडेर मृत्यु भएको हो । सदरमुकाम दमौलीबाट आँबुखैरेनीतर्फ जाँदै गरेको ना४ख ५३८३ नंको यात्रुबाहक बस आज बिहान पृथ्वीराजमार्ग अन्तर्गत बन्दीपुर गाविस–४ याम्पाफाँटमा दुर्घटना हुँदा नाम थाहा नभएका सहचालक घाइते भई उपचारका क्रममा डुम्रेस्थित लक्ष्मी अस्पतालमा मृत्यु भएको हो ।
भिरबाट लडेर मृत्यु हुनेमा ग१ख ३७९९ नं बसको सहचालक सहचालक कास्की जिल्ला लेखनाथ नगरपालिका–६ बस्ने २८ वर्षीय आनन्द भुजेल रहेको प्रहरीले जनाएको छ । रासस
No comments:
Post a Comment