काठमाडौँ, २५ फागुन । महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालय, महिला, बालबालिका विभागले १०६औँ अन्तर्राष्ट्रिय महिला दिवसका उपलक्ष्यमा महिला विकास कार्यक्रमबाट प्रवद्र्धित महिला संस्थामध्ये तीनलाई उत्कृष्ट रुपमा छनोट गरी पुरस्कार दिने निर्णय गरेको छ ।
छनोट हुनेमा प्रगतिशील महिला बचत तथा ऋण सहकारी संस्था लि कोल्टी–३ बाजुरा, जनजागरण महिला विकास बहुउद्देश्यीय सहकारी संस्था लि, कास्कीकोट–८ पोखरीचौर र शिवशक्ति महिला विकास बचत तथा ऋण सहकारी संस्था लि, हाटीवनगाई–४ रुपन्देही छन् । पुरस्कारको राशि प्रतिसंस्था रु एक लाख रहेको विभागले जनाएको छ । रासस
No comments:
Post a Comment