Thursday, March 17, 2016

सुरक्षा बैठक सम्पन्न

जनकपुरधाम, ४ चैत । सीमामा क्षेत्रमा हुने आपराधिक गतिविधिलाई नियन्त्रण गर्ने सम्बन्धमा नेपाल–भारतका सुरक्षा अधिकारीको बैठक आज भारतको जयनगरमा बस्यो ।

बैठकले सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि नियन्त्रण गर्ने, सीमा क्षेत्रमा संयुक्त गस्ती गर्ने, यही चैत २२ गतेदेखि भारतको मधुवनीमा हुने ग्राम पञ्चायतको निर्वाचनलाई ध्यानदिई सीमानाका बन्द गर्ने निर्णय गरेको छ । त्यस्तै बैठकले सीमास्तम्भको मर्मत सम्भार गर्ने र दशगजा क्षेत्रमा भएका अतिक्रमण आ–आफ्नो देशका सुरक्षा निकायले हटाउने निर्णयसमेत गरेको छ ।

बैठकमा धनुषाका प्रजिअ दिलीप चापागाईंको नेतृत्वमा महोत्तरीका प्रजिअ, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलका प्रमुखलगायत सुरक्षा अधिकारीको सहभागिता थियो भने भारत मधुवनी जिल्लाका डिस्ट्रिक मजिस्टेड ९डिएम० गिरिवर दयालसिंह, मधुवनी बेनीपट्टीका डिएसपी निर्माला कुमारीलगागयत सुरक्षा अधिकारीको उपस्थिति थियो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts