नेपालगन्ज, १९ फागुन । नेकपा(एमाले)का वरिष्ठ नेता नेपालले जनताबीच द्वेष पैmलाउने, आपसमा द्वन्द्व मच्चाउन उक्साउने, धार्मिक र सामाजिक सद्भावलाई खण्डित गरी राजनीतिको जामा पहि¥याउने प्रयासलाई कुनै हालतमा पनि सफल हुन नदिइने बताउनु भएको छ ।
सो दलको ‘संविधान कार्यान्वयन, राष्ट्रिय एकता सुदृढीकरण र समृद्धि अभियान’ अन्तर्गत आज यहाँ आयोजित बाँके जिल्लास्तरीय आमसभालाई सम्बोधन गर्दै उहाँले भन्नुभयो– “जनताको अधिकारको कुरा गर्ने, तर पराइको पाउँ मोल्ने प्रवृत्तिको यहाँ कुनै स्थान छैन ।”
नेपालका १२४ जातजातिको मुहार संविधानमा झल्किएको छ, संविधानले सबैलाई समान अधिकार दिएको छ, सबै भाषा, संस्कृतिको जगेर्ना गरेको छ, अनि यो संविधान कसरी विभेदपूर्ण भयो ? उहाँको प्रश्न थियो ।
संविधानमा छुटेका विषयवस्तुलाई संशोधनको प्रक्रियाबाट पूर्णता दिइएको बताउँदै उहाँले मधेसमा आन्दोलनरत मधेसी मोर्चाको भावना बुझेर नै संविधान संशोधन गरिएको हो, भन्नुभयो ।
हिमाल, पहाड र तराई यो नै नेपालको भौगोलिक विशेषता हो भन्दै उहाँले यही विशेषताले नै नेपालीलाई एकताको सूत्रमा बाँध्न सकिएको छ, संविधानले पनि यही विशेषतालाई प्राथमिकतामा राखेको छ, भन्नुभयो ।
सोही दलका बाँके जिल्ला अध्यक्ष अशोक कोइरालाको सभापतित्वमा भएको आमसभामा खानेपानी तथा सरसफाइ राज्यमन्त्री दिनेशचन्द्र यादव, सांसदहरु दलबहादुर सुनार, देवराज भार, गौरा प्रसार्इं, एमालेका केन्द्रीय सदस्य यामलाल कँडेल, निर्मल सुवेदी र राजबहादुर बुढाले संविधानको सफल कार्यान्वयनमा सबै जनता जुट्नुपर्नेमा जोड दिनुभयो । रासस
No comments:
Post a Comment