Sunday, March 27, 2016

सम्पादक खरेललाई जरिवाना

मोरङ, १५ चैत । विराटनगरबाट प्रकाशित हुने न्यु सृष्टि दैनिकका प्रकाशक तथा प्रधानसम्पादक शङ्कर खरेललाई मोरङ जिल्ला अदालतले रु २०० जरिवाना गर्ने फैसला गरेको छ ।

समाचार तथा लेखमार्फत खरेलले आफ्नो अपमान गरेको भन्दै मोरङ व्यापार सङ्घ विराटनगरका कार्यकारी सचिव राधारमण भण्डारी श्यामले मोरङ जिल्ला अदालतमा गाली बेइज्जती मुद्दा दर्ता गर्नुभएको थियो ।

उक्त मुद्दामा आइतबार अदालतले खरेललाई रु २०० जरिवाना र रु पाँच हजार क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको हो ।

जिल्ला अदालतको फैसला विषयमा खरेलले आफूलाई निर्णयको जानकारी आइनसकेको प्रतिक्रिया दिँदै अदालतको फैसलाको सम्मान गर्ने बताउनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts