काठमाडौँ, १५ चैत । अपराह्न एक्कासि आएको हावाहुरीका कारण बन्द गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान तथा अवतरण अहिले नियमित भएको छ ।
विमानस्थलका महाप्रबन्धक देवानन्द उपाध्यायले हावाहुरीसँगै बाक्लो धुलो फैलिएकाले ‘भिजिबिलिटी’ कम हुँदा उडान सुरक्षामा असर पार्ने भएकाले ३९ मिनेट उडान तथा अवतरण बन्द गरिएको र अहिले नियमित भइसकेको बताउनुभयो ।
हावाहुरीका कारण आवुधावीबाट काठमाडौँ आउँदै गरेको इतिहाद एयरवेज र भारतबाट नेपाल आउँदै गरेको जेट एयरको विमानलाई अन्यन्त्रै पठाइएको थियो । रासस
No comments:
Post a Comment